५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

९ जेठ, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना प्रहरीको हिरासतमा छन् । प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:२६