२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिदैन्ः प्रचण्ड

९ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जस्तो प्रधानमन्त्री नेपालको इतिहासमा सितिमिति नभेटिने बताएका छन् । मंगलवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारहरुलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दावी गरे । उनले त्यस्तो विचार नेपालको संसदीय इतिहासमा दुर्लभ भेटिने हुनाले यो कुरालाई ध्यान दिएर सरकारको नीति कार्य बारे धारणा बनाउन आग्रह गरे ।

उनले भने, अघिल्लो पटक सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाहीं यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिदैँन् । नेपालको इतिहासमा मौलिकता भेटिएको छ । शतप्रतिशत प्रतिनिधि सभाका सदस्यहरुको समर्थन गरेर बनेको प्रधानमन्त्री हिजो सत्ता पक्ष र प्रतिपक्ष दुवै र अहिले त्यही कार्यक्रमलाई निरन्तरता दिने त्यही प्रधानमन्त्री मैले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले केही विचारहरु प्रस्तावित गर्दै गर्दा अहिले प्रतिपक्ष दलको नेताले ती भनाइहरुलाई ऐतिहासिक भनेर उठेर हात मिलाउनु भएको थियो ।

म त्यही मान्छे हो त्यही भएर यो विशेषता पनि नेपालको संसदीय इतिहासमा दुर्लभ कहिले काँही मात्र भेटिने विशेषता हो त्यसकारण यो कुरालाई ध्यान दिएर हामी सबैले यो सरकारको नीति कार्य बारे धारणा बनाउनु पर्ने आफ्ना मतहरु प्रस्तुत गर्नुपर्ने आवश्यकता छ भन्ने म ठान्छु मलाई विश्वास छ मैले भन्न खोजेको कुरा सबैले चिन्तन गर्नुहुनेछ ।’ प्रधानमन्त्री दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पक्ष र प्रतिपक्ष दुवै दलहरुको विचार धारणा समेटिएको हुनाले यस्को विरोध गर्ने पनि सैद्धान्तिक धरातल र नैतिक धरातल नभएको बताए ।

प्रकाशित मिति : May 23, 2023 at 3:59 pm