२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाल हो भन्ने प्रष्ट छः प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा कुरामा सरकार प्रष्ट रहेको बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले छिमेकी देश भारतसंग रहेको सीमा सम्बन्धि समस्या कुटनीति तवरबाट हल गर्न सरकार दत्तचित्त रहेको पनि प्रष्ट पारे ।

उनले भने ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिवद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रष्ट छ । र,थाँती रहेको सीमा सम्बन्धि विषयलाई ऐतिहासिक सन्धि नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिवद्ध रहेको जानकारी पनिसदस्यहरुलाई गराउन चाहन्छु ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:३६