२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सांसद बर्तौलाको प्रश्नः सरकारको कान र आँखा छ कि छैन ?

९ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारको कान र आँखा छ कि छैन भनेर प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सचेतक बर्तौलाले मकवानपुरमा लम्पी स्किन रोगका कारण कृषकहरूको गाई मरिरहेकाले पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएमा हुन् ।

सांसद वर्तौलाले भने ‘ यदि सरकारको आँखा र कान छ भने यो सदनमा पटक पटक लम्पी स्किनका बारेमा विषय राखेका छौं । तर मकवानपुरमा २०० भन्दा बढी गाईहरु मरिसके ५ हजार भन्दा बढीगाईहरु संक्रमित छन् । पटक पटक भनियो सरकार सुन्दैन् । सरकार देख्दैन् किसानहरुलाई राहत प्रदा नगर्न म आग्रह गर्न चाहान्छु । ’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १२:२३