२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

जेठ १९ बाट आईपीओ बिक्री खुला गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

९ जेठ, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले  जेठ १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ स्थानीयका लागि जारी गर्नेछ।

यो आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुष्पा क्षमावती गाविसका सबै वडा) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुद्रावती गाविसका सबै वडा) का बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन गरिएको छ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र  अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा आउँदो असार १ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आईपीओमा असार १ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। विदेशमा रहेका नेपाली श्रमिकले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 23, 2023 at 10:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/