१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

प्रहरी नै बलात्कारी ! अाफ्नै सहकर्मीलार्इ बलात्कार गर्न खोज्ने प्रहरी जवान भरत वली निलम्वनमा

२९ असोज, काठमाडाैँ । नेपाल प्रहरी भित्रै बलात्कार र बलात्कारको प्रयास भएका घटनाहरू पनि सार्वजनिक हुन थालेका छन । कपिलवस्तुमा सहकर्मी प्रहरीबाटै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन । गत असोज २० गते राति १० बजे महिला प्रहरी माथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएकाे थियाे ।

जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले जानकारी दिएका छन । प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार १४:१३