१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा विशेष छुट

४ जेठ, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्युरोडस्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा–सुविधामा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : May 18, 2023 at 2:36 pm