२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ


४ जेठ, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

हज समितिको गाडी नक्कली भुटानी शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा मियाँलाई नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका बताइएकाे छ । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १२:५८