२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भारतीयलाई नेपाली नागरिकता बनाई दिने २६ विरुद्ध पक्राउ पुर्जी माग

४ जेठ, काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिएको अभियोगमा प्रहरीले अदालत समक्ष २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, असई महेन्द्रप्रसाद चौधरी, राजविराज नगरपालिकाका–११ का वडा अध्यक्ष उदितनारायण यादवसहितका २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी माग गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिने धन्दामा संलग्न अभियुक्त विरुद्ध अदालत समक्ष पक्राउ पुर्जी माग गरिएको बताए । उनले भने,‘भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने धन्दामा सरकारका कर्मचारीसहितका व्यक्ति संलग्न भएको देखियो । अनुसन्धानका लागि पक्राउ गर्नु पर्ने देखियो । त्यसो हुँदा उनीहरु विरुद्ध प्रहरीले अदालत समक्ष पक्राउ पुर्जी माग गरेको छ ।’

झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक सतिश यादव र सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेका थियो । उनीहरुलाई जिल्ला अदालत सप्तरीले १ जेठमा एक–एक लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ । प्रहरीका अनुसार सतिशले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । उनी हजुरबुबा सूर्यनारायणसँगै राजबिराज बस्दै आएका थिए । उनले हजुबुबालाई बुबा बनाएर नेपाली नागरिकता लिएका थिए ।

धन्दामा जिप्रका सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमारसहित जिल्ला प्रहरी कार्यालयका असई महेन्द्रप्रसाद र अन्य तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदितनारायण,वडा सचिव हरिनारायण यादव संलग्न रहेको प्रहरीको भनाई छ । प्रहरीले गत ३१ बैशाखमा उनीहरु विरुद्ध मुद्या दायर गरेको थियो ।

प्रकाशित मिति : May 18, 2023 at 9:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/