२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मुलुकमा आर्थिक शुशासन कायम हुन सकेनः टंकमणि शर्मा

३ जेठ, काठमाडौं । महालेखापरीक्षकटंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक शुशासन कायम गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको कार्यक्रममा उनले सरकारी वा गैरसरकारी निकायहरुले अभिलेखहरु व्यवस्थित गर्न नसकेको बताए ।

‘सरकारी निकाय होस या गैरसरकारी निकाय जे कुराको पनि अभिलेखहरु व्यवस्थित छैन् । रेकडिंङ , रिपोर्टिङ,र लेखाजोखा केही पनि राम्रो छैन् । यो पाटोमा हामीले ध्यान दिन सकेका छैनौं । ’

उनले सबै निकायले आफ्नो आफ्नो संस्थाहरुको अभिलेखहरु व्यवस्थित गर्न आवश्यक भएको बताए । महालेखा परीक्षक शर्माले नीति नियम बनाउने देखि लिएर सबै कुरामा सम्पूर्ण निकायले ध्यान दिन आवश्यक भएको बताए । यसैको अभावले निर्णय लिन असहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १४:३३