३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अयोग्य लडाकूलाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२ जेठ, काठमाडाैं । अयोग्य लडाकूलाई २/२ लाख रुपैयाँ उपलब्ध गराउने सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएकाे छ । न्यायाधीश कुमार चुडालको इजलासले मंगलबार अयोग्य लडाकूलाई पैसा बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता चिरञ्जीवी गिरी, ज्ञानेद्रराज आरण लगायतको रिटमाथि प्रारम्भिक सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेश जारी भएको हाे । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य लडाकूलाई जनही २/२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोहीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश भएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १७:२२