१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

कतिमा भयो माई खोला हाइड्रोपावरको पहिलो काराेबार ?

२ जेठ, काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीकाे सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

आज कम्पनीकाे सेयर प्रतिकित्ता ३३५ रुपैयाँमा पहिलाे काराेबार भएकाे छ । नेप्सेले पहिलो कारोबारका लागि भने यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।  नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : May 16, 2023 at 12:27 pm