१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

चमसूरको साग प्रतिकेजी ९० रुपैयाँ, आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

२ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा २५० रुपैयाँ, रातो आलु  ३४ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्यच्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकलबन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली १२० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ८० रुपैयाँ केजी र हरियो धनियाँ ६० रुपैयाँ पाइने छ । कालो अंगुरको न्यूनतममूल्यप्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २५० रुपैयाँर आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ५०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : May 16, 2023 at 9:44 am