१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

अागामी मंसिर यता लोकसेवाले कर्मचारीको विज्ञापन गर्न नपाउने, सरकारले गर्यो यस्तो निर्णय

२८ असोज, काठमाडाैँ । लोकसेवा आयोगले अागामी मंसिरसम्म कर्मचारी भर्नाको विज्ञापन गर्न नपाउने भएको छ । सरकारले दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न अायोगलार्इ आग्रह गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई अागमी मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको  बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सररकारले जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय पनि गरेको छ । त्यस्तै जनकपुर जयनगर रेल वेमा नेपाली झण्डासहितको रेल चलाउन आवश्यक कानुन लगायतका अन्य संरचना निर्माणको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १९:१७