२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दै

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन्। अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन ।

आज बिहान ११ बजे हुने प्रदर्शन प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसबाट सुरु हुने आयोजकले जनाएको छ । अनेरास्ववियूका अध्यक्ष समिक बडालले भने ‘यो मूलुकलाई काण्डै काण्डको मूलुक बनाउने नेताहरुको प्रवृतिको विरुद्ध आजको विद्यार्थी दिवशलाई भ्रष्टाचार विरुद्धको प्रर्दशनको रुपमा मनाउन लागिएको बताए ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआइपीहरूलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र विद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ विरोध प्रर्दशन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : May 15, 2023 at 11:08 am