१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

७१.२३ प्रतिशतले घट्याे अपी पावरको नाफा, विद्युत बिक्रीको आम्दानी कति ?

३१ वैशाख, काठमाडाैं । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ७१.२३ प्रतिशतले कमि हाे । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १५.०७ प्रतिशतले घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड ५० लाख रुपैयाँ रहेकाे थियाे ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । याे अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.४० रुपैयाँबाट घटेर १.६२ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो १५८.६४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ थियो।

प्रकाशित मिति : May 14, 2023 at 12:37 pm