२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रहरी उपरीक्षकको लागि २२ जनाको नाम सिफारिस

३० वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा लागि नाम सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ (संशोधित) नियम २७ को उप–नियम (४) अनुसार समितिले बढुवाका लागि डिएसपी गौतमकुमार केसी, बसुन्धरा खड्का, अपिल राज बोहरा, नमराज कार्की, गोबिन्द पुरी लगायत २२ जनाको नाम सार्वजनिक गरेको छ ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूह तर्फको एसपीमा बढुवाको लागि उक्त नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : May 13, 2023 at 2:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/