२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

चोरसँग १५ हजार घुस खाने प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ रंगेहात पक्राउ

२८ असोज, काठमाडाैँ । नेपाल प्रहरीका एक निरीक्ष चोरसँग घुस खाँदाखाँदै पक्राउ परेका छन । सुर्खेतमा १५ हजार घुससहित प्रहरी निरीक्षक र प्रहरी जवान पक्राउ परेका छन्। पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलार्इ अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

सुनचाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिएका छन । पक्राउ परेका दुवैलाई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १५:३८