६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ


२९ वैशाख, काठमाडाैं । बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका कृषि विज्ञ मदन राईलाई प्रहरीले प्रकाउ गरेको छ। ७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले मदन राईलाई उनिद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए । उनले भने, ‘लिखित र मौखिक उजुरी आएका छन्।’ राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उहाँले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो। फाउन्डेसनका संस्थापकमदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ। उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा चल्दै आएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १३:५५