१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

प्रभु बैंकको करिव १५ लाख कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन

२८ वैशाख, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । बिक्रीमा रहेकाे उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीहरुले सूचका प्रकाशन भएकाे मितिले ३५ दिनभित्र काठमाडाैंकाे बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयअवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : May 11, 2023 at 10:53 am