बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतकाे अनुमति
२७ वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतले अनुमती दिएकाे छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार विहान पक्राउ गरेको थियो । प्रहरीले खाँणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १६:३९