६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत लगियो


२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएकाे छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो। अहिले उनलाई म्याद थप गर्न अदालत लगिएको हो।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:३०