१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

धितोपत्र बजार पुँजीकरण २८ खर्ब १३ अर्बः २४८ कम्पनी सूचीकृत, कुनकाे हिस्सा कति ?

२७ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा नेप्से सूचकाङ्क १९३४.४८ कायम भएको छ । गत बर्षकाे चैत मसान्तमा नेप्से सूचकाङ्क २४१५.२५ रहेको थियाे ।

चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण  २८ खर्ब १३ अर्ब ५५ करोड कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रहेको थियो ।

२०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य रु.७०९ अर्ब २७ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को नौमहिनामा रु.१६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु.३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल २ खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

प्रकाशित मिति : May 10, 2023 at 2:31 pm