६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

बालकृष्ण खाँडसँग जोडिएका गृहसचिव विनोदप्रकाश सिंह जगेडामा तानिए


२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडसँग जोडिएका गृह सचिव विनोदप्रकाश सिंह जगेडामा तानिएका छन । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई जगेडामा राख्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यसअघि जगेडाको रूपमा रहेका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको रुपमा सरुवा गरिएको छ ।

सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई भने प्रधानमन्त्री कार्यालयमा सरूवा गरेको छ । करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो । यसअघि उद्योग मन्त्रालयबाट भट्टराई प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १२:२९