६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ


२७ वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँण पक्राउ परेको केही समय नवित्दै उनका सहयोगी पनि पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकाअपराध अनुसन्धानकार्यालयबाट खटिएको टोलीले खाँणका स्वकीय सचिव केसीलाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको हो । हालसम्म प्रहरीले यस प्रकरणमा संलग्न  १२ जनालाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाबादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउगरिसकेको छ । त्यस अघि प्रहरीले केशवदुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेको थियो ।

आज थप दुई जना पूर्वगृहमन्त्री खाँण र उनका निजी सहयोगी केसी पक्राउ परेपछि पक्राउ पर्नेको संख्या १२ पुगेको हो । पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छ । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटो स्थित निवासमा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ११:१२