६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

मानवस्तकरी प्रकरणः पूर्व गृहमन्त्री बालकृष्ण खाँडको हातमा प्रहरीको हत्कडी


२७ वैशाख, काठमाडाैं ।  नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले आज विहान उनकै निवासबाटै पक्राउ गरेकाे हाे ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अहिलेसम्म पक्राउ परेका छैनन् । रायमाझी अहिले फरार छन्।

 पक्राउ परेका उनीहरुको बयानका आधारमा मन्त्री खाणलाई प्रहरीले पक्राउ गरेको हो । रकम लेनदेनमा पनि मन्त्री खाणको संलग्नता देखिने ठोस प्रमाण प्रहरीले फेला परेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १०:१२