५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मंगलबार पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

२६ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

लगातार तेस्रो दिन मंगलबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।  सोमबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १०:५२