१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

छुट्ला है ! हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२६ वैशाख, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर भर्ने आज वैशाख २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि भोलि वैशाख २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको गत भदौ १९ गते सम्पन्न १३ औँ र १४ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको १ः०.७ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रस्तावित हकप्रदलाई नेपाल धितोपत्र बोर्डले केही दिनअघि निष्कासनको अनुमति दिएको थियो।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री खुला गर्नेछ।

 हकप्रद सेयर विक्री पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : May 9, 2023 at 9:40 am