६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

मानवतस्करी प्रकरणः प्रहरी महानिरीक्षक बसन्त कुँवरको अमेरिका भ्रमणमा सरकारको कैँची


२५ वैशाख, काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरको अमेरिकाको भ्रमणमा कैँची चलाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको अमेरिकामा हुन लागेको मानवतस्करीको अनुसन्धान अन्तिम चरणमा रहेका कारण महानिरीक्षक कुँवरको भ्रमणमा कैँची लगाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

माथिल्लो निकायको ग्रिन सिग्नल भए पनि अनुसन्धानमा एसएसपीद्धय मनोज केसी र दानबहादुर कार्कीले नेतृत्व कौशलता प्रदर्शन गरिरहेका छन । यद्यपी उच्च राजनीतिक नेतृत्वले आफ्ना मान्छेहरू जोगाउनका लागि दिएको दबाब अहिले प्रहरीले अस्वीकार गरिरहेको छ भने कतिपय अवस्थामा सत्तारूढ दलका नेता जोगाउन पक्राउ परेकाहरूको वयान नै सम्पादन गरेको विषय समेत सार्वजनिक भैरहेको छ ।

यही सन्दर्भमा सोमबारदेखि हुने अमेरिकी भ्रमणमा प्रमुख कुँवर पनि जाने कार्यसूची रहेको तयारी गरेको भ्ए पनि सरकारले उनलाइ रोकेको छ । यद्यपी अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा एआइजी किरण बज्राचार्यको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन्।

 वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौति र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तिय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल हुनेछ। यसअघि नेपाल प्रहरीको महानिरीक्षकले उक्त कार्यक्रममा सहभागिता जनाउँदै आएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार २२:३१