२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

२५ वैशाख, काठमाडाैं । सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

श्रेष्ठकाे स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर । सांसदबाट हटाएको थियो ।

उक्त कारबाही कानुन सम्मत नभएको भन्दै श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश समेत गरेको छ । याेसँगै श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ । उनको सट्टामा सिफारिस रास्वपाकी नेतृ विन्दाबासिनी कंशाकारलाई सांसद बन्ने बाटो रोकिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १६:१०