५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

साेमबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

२५ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सुनको उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँ काराेबार भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। आइतबार पनि चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमै किनबेच भएको थियो।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १०:५७