एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्न पाइँदैन: प्रेम सुवाल
२४ वैशाख, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सत्ता गठबन्धनको बैठक बेठिक छ । ख्वप विश्वविद्यालयबारे हामीले २०७३ सालमा संसद्मा दर्ता गर्यौँ । २०७४ मा चुनाव भएपछि अब यो काम लाग्दैन भनेपछि अहिलेसम्म ल्याइएको छैन ।’
एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत छ ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताएका हुन् ।
प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १६:५३