६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

सन्दीपलाई हवाई मार्गबाट काठमाडाैँ ल्याइयो, म्याद थपका लागि अदालत पेश गरिदैँ


२० वैशाख, काठमाडाैँ । बुटवलबाट पक्राउ परेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडाैँ ल्याइएको छ । हवाइ मार्गबाट सन्दीपलाई काठमाडाैँ ल्याइएको हो । उनलाई आजै अदालतमा पेश गरेर म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मानवतस्करीमा लागेकको अभियोगमा प्रहरीले बुधबार बिहानमात्रै सन्दीपको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको थियो ।

बुधबार राति बुटबलबाट प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । टोपबहादुर भने गृह जिल्ला अर्घाखाँचीबाट भैरहवा फर्किने क्रममा सम्पर्कबिहीन भएका छन । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १०:११