१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले उपाध्यक्ष रामबहादुर थापा पुत्र प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

२० वैशाख, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका पुत्र प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरी मनवस्तकरी गर्न १ अर्ब बढी रकम उठाएर ठगी गरेको अभियोगमा प्रहरीले संगिठित गिरोहमाथि अनुसन्धान गरिरहेको छ । सोही क्रममा प्रहरीले बुधबार प्रतीकको नाममा पनि पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ।

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। मंगलबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। प्रहरीले यसअघि नै कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलाल सहितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १८:४०