१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

कुनै समयका रातो पासपोर्टका व्यापारी धनराज गुरूङको जिम्मामा कानुन मन्त्रालय !

-प्रतिमा मुडभरी

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा कुनै समयका रातो पासपोर्टका व्यापारी कहलिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङलाई दिएका छन । बुधबार नवौँ चरणको मन्त्रिपरिषद् बिस्तार गर्दै प्रचण्डले बुथ क्बजा गरेर मृतककाेनाममा समेत मत खसालेर चुनाव जितेकाे भन्ने आराेप खेपीरहेका गुरूङलाई कानुन मन्त्रालयको साँचो हस्तान्तरण गरेका हुन । उनले बुधबार गुरूङसहित तीन मन्त्री थपेका छन । थपिएका अन्यलाइ मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तया खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।

नेपाल विद्यार्थी संघका पूर्व सभापति गुरूङले रातोपासपोर्टको दुरूपयोग गरेको विषयमा आफूले पक्राउ गरेर नै कारबाही गरेको भन्दै तत्कालीन कांग्रेस नेता गोविन्दराज जोशीले सार्वजिनक रूपमै बताउने गरेका थिए । सोही कारण गुरूङले जोशीको बिरोध गर्ने गरेको उनले बताएका थिए । जोशीको भिडियो तल हेर्न सक्नुहुन्छ ।

गृहमन्त्रालयका तत्कालीन विशेष सचिव श्रीकान्त रेग्मीको अध्यक्षतामा (प्रहरी अतिरिक्त महानिरीक्षक प्रदीपशमशेर राणा र अतिरिक्त प्रमुख अधिकृत देवीराम शर्मा सदस्य रहेको) तत्कालीन श्री ५ को सरकारद्वारा गठित ‘कूटनीतिक राहदानीको दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समिति’ले तयार पारेको प्रतिवेदनमा पनि धनराज गुरूङले रातो पासपोर्टको व्यापार गरेको उल्लेख गरिएको छ । गुरूङले आफ्नो राहदानी दुरूपयोग गरेको भन्दै कांग्रेसकै तत्कालीन सांसद रामचन्द्र अधिकारीले समेत आपत्ति जनाएका थिए । उनले आफ्नो राहदानी गुरूङले दुरूपयोग गरेको बताएका थिए ।

त्यस बेलाको समितिले रातो पासपोर्टको दुरूपयोगमा संलग्न २२ जनाको नामै किटान गरेको थियो । जसमा अमीर गुरुङ (खोटाङ), गोपी गुरुङ (गोरखा), भरतराज शर्मा (दाङ), लक्ष्मण गुरुङ (महाराजगञ्ज), केबी सुब्बा (दार्जीलिङ), दण्डपानी सुवेदी (बानेश्वर), सावित्री सापकोटा (चाबहिल), गीता खड्का (धुम्बाराही), पुरुषोत्तम थापा (बालाजु), प्रेम लामा (महाराजगञ्ज), घिचुक गुरुङ (नयाँबजार), प्रकाश सुब्बा (खुमलटार), रमेश न्यौपाने (बुद्धनगर), माधव राणा (क्यासिनो सोल्टी), माणिक लामा (काभ्रे), कमानसिं लामा (पूर्वसांसद), मनकुमार लामा, छत्र घिसिङ, वाई.जी. चन्द, धनराज गुरुङ(स्याङ्जा), कमला गुरुङ र टीका शेरचन रहेका छन् ।

कूटनीतिक राहदानी प्रयोग गरी विदेश जाँदा विशेष सम्मान, सुविधा, मर्यादा एवं प्रतिष्ठा दिइने चलन अन्तर्राष्ट्रिय सन्धि-सम्झौताअनुसार चलाइएकोले कूटनीतिक राहदानीको विशिष्ट महत्व रहिआएको छ । तर रातोपासपोर्टको बलमा मानवतस्करी हुँदै आएको थियो ।

प्रकाशित मिति : May 3, 2023 at 6:16 pm