२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत

२० वैशाख, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नक्कली शरणार्थी प्रकरण मात्र नभई नक्कली लडाकु, बालुवाटार, वाइडबडी लगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

बस्नेतले लेखेका छन् ‘नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ ।नक्कली लडाकु ,बालुवाटार, वाइडबडी लगायत सबै दोषीलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नु पर्दछ ।’

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसंगै बस्नेतले यस्तो स्टाटस लेखेका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:२७