५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सामसङले बजारमा ल्यायो ग्यालेक्सी एम १४ फाईभ जी

२० वैशाख, काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१४ फाईभ जी’ मोबाइल बजारमा ल्याएको छ ।
कम्पनीले बुधबारदेखि देशभरका सबै शोरुमहरूमा यो मोडेलको फोन उपलब्ध भएको जानकारी दिएको छ ।

यसमा ५० मेगापिक्सेलका तीन ओटा क्यामरा छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्नसक्ने कम्पनीले जनाएको छ ।६+१२८ जीबीयुक्त फोनको मूल्य रु.२४,९९९ तोकिएको छ ।

त्यस्तै फोनमा सेल्फी खिच्नका लागि १३ मेगापिक्सेलको क्यामेरा रहेकोे छ । कम्पनीले फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा लगातार दुई दिनसम फोन चलाउन सकिने छ ।

त्यस्तै स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ्गलाई सपोर्ट गर्छ । त्यस्तै यो फोनको अर्को विशेषतामा ५ एनएम एक्जिनस १३३० प्रोसेसर रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:५६