१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

२० वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको १ लाख १७२ रुपैयाँ बराबरको २८४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 3, 2023 at 11:03 am