२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

दार्चुलामा हिमपहिरोमा ९ जना वेपत्ता, खोजीमा सशस्त्र प्रहरी परिचालन

१९ वैशाख, काठमाडौँ । दार्चुलाको ब्याँसमा हिमपहिरो गएको छ । उक्त हिमपहिरोमा यार्सागुम्बा खोज्न गएका ९ जना वेपत्ता भएको आशंका गरिएको छ । मंगलबार दिउँसो २ बजेर ३५ मिनेटमा हिमपहिरो गएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले वेपत्ताको आशंकामा खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डिएसपीको कमाण्डमा ३० जना परिचालित भएका छन । ब्याँस गापा १ बोलिनमा यार्सागुम्बा खोज्न गएका टोली हिमपहिरोमा परेका हुन ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १७:२६