७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

१६ दलाललाई धितोपत्र बोर्डको आशय पत्र (सूचिसहित)

१८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र  बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका छन् ।

बाँकी कम्पनीको चरणबद्ध रुपमा आयश पत्र दिँदै जाने बोर्डले जनाएकाे छ । बोर्डले आशयपत्र दिएका कम्पनीहरुले अब आवश्यक प्रक्रिया पूरा गरी पूर्ण रुपमा ब्रोकर कम्पनीको लाइसेन्स पाउनेछन् ।

यी हुन् बोर्डबाट आशयपत्र पाउने कम्पनीहरुः

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १५:०२