२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन् काउन्टर गेटा आँखा अस्पतालमा

१८ वैशाख, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले आइतबार गोदावरी नगरपालिका कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गोदावरी नगरपालिका कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्तएक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो । उक्तएक्स्टेन्सन् काउन्टर विस्तार पश्चात् सिद्धार्थ बैंकको कुलशाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको EasyBank Portal (https://easybank.siddharthabank.com/)  मार्फत बचत, मुद्दती र डिम्याट खाताखोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लयक्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : May 1, 2023 at 10:49 am