८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यूएईविरुद्ध नेपालले लियो दुई वीकेट

१८ वैशाख, काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईविरुद्ध दुई विकेट लिन सफल भएको छ ।

टस जितेर फिल्डिङ गरिरहेको नेपाली टोलीका सोमपाल कामीले पहिलो विकेट लिएका हुन् भने दोस्रो विकेट करण केसीले लिए । क्याप्टेन मोहम्मद वसीमलाई सोमपालले आउट गर्दा वृति अरविन्दलाई करणले आउट गराए। आठ बलको सामना गरेका क्याप्टेनले एक छक्का र चैकाको मद्दतमा एघार रन मात्रै बनाएका थिए ।

सोमवार बिहान त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि उनले बलिङ गर्ने निर्णय गरेका हुन् । यूएई र नेपालबीचकोे खेल जारी छ । यो समाचार तयार पार्दा सम्म नेपालले युएईले ६ ओभर ४ बल खेल्दादुई विकेटको क्षतिमा ३३ रन बनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ०९:५०