१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१० दिनदेखि हराइरहेका अनिल नुवाकोटको बेलकोटगढीमा मृत भेटिए

१७ वैशाख, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा १० दिनदेखि हराएका एक ५० वर्षिय पुरूष मृत फेला परेका छन । कोल्पुखोलामा अनिल भनिने ती पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अनिल ओखलढुंगा घर भई कोल्पुखोलामा १० वर्षदेखि बालुवा चाल्ने र बिक्री वितरण गरी गुजारा चलाउँदै आएका थिए । अनिलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएको छ । उनको वास्तविक नामको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार २२:१८