‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु आजबाट बिक्री खुला
१७ वैशाख, काठमाडाैं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु आज १७ वैशाखदेखि बिक्री खुला भएका छन्। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक निष्कासन मार्फत बिक्री गर्ने आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : April 30, 2023 at 3:41 pm









