१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

महिला शक्तिद्वारा हिंसा अन्त्य माग

२९ फागुन, काठमाण्डौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) निकट राष्ट्रिय महिला शक्तिले पछिल्लो पटक महिलामाथि निरन्तर भइरहेका हिंसामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका संयोजक प्रा डा सुष्मा आचार्यले कैलालीमा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, “ढोगी झाँक्रीले समाजमा फैलाएको अन्धविश्वासले चौधरीको जीवन खतरामा परेको छ, त्यो अमानवीय छ, छ घण्टासम्म बोक्सीको आरोपमा पिट्दा पनि त्यहाँका मानिसले ताली बजाएर बस्छन्, नगर प्रमुखलाई उन्मुक्ति दिनु हुँदैन ।”

केही दिन अगाडि बारामा भएको बलात्कारको घटना तथा विभिन्न स्थानमा महिलामाथि हुने हिंसा जस्ता घटना तत्काल अन्त्यका लागि सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिँदै उहाँले भन्न्ुभयो, “महिला सृष्टि हुन्, महिला धैर्यकी प्रतीक हुन्, महिलालाई हेप्ने कार्य कसैबाट नहोस्, हामी जुटेपछि कुनै पनि शक्तिको केही चल्नेछैन, हामीले भर्खर मात्रै यो संगठन खोलेका छौँ, संघीय संरचनाअनुसार हाम्रो संगठनलाई विस्तार गर्नेछौँ ।”रासस

प्रकाशित मिति : March 13, 2018 at 9:00 am