१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

भिण्डी प्रतिकेजी ९० रुपैयाँ, कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?

१५ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार) का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ४०रुपैयाँ,बन्दा १० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी(माछो)४० रुपैयाँ प्रतिकेजी रहेकोछ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, (राजमा)घिउ सिमी ९० रुपैयाँ, घिउ सिमीलोकल ४० रुपैयाँ,तितो करेला ५० रुपैयाँ, लौका २५ रुपैयाँ,लोकल परवल ७० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, भिण्डी ९० रुपैयाँ, बरेला ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

हिजोका तुलनामा भिण्डी ,लोकल सीमि र तिते करेलामा प्रतिकेजी १० रुपैयाँ मूल्य वृद्धि भएको छ । आज सागको भाउमा पनि भारी मूल्य वृद्धि देखिएको छ । बिहीबार प्रतिकेजी ७० रुपैयाँमा तोकेको चमसूरको साग आज ११० रुपैयाँ, तोरीको साग ४०, पालुंगो साग ११० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज पालुंगो साग र चमसुरको सागमा ३० रुपैयाँ र प्याजमा पनि प्रतिकेजी १० रुपैयाँ मूल्य बढेको छ । त्यस्तै, काक्रो १०० रुपैयाँ, हरियो धनीयाँ ४० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ । फलफूलमा फूजी स्याउ २२५, कागती २२०,हरियो अंगुर १२०, भारतीय सुन्तला १५०, अनार २२५, मौसम १२५, केरा दर्जनको १७०, तरबुजा ३५, आभोकाडो ५०० ,किवि ४००, अमला १२० तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार ११:४६