२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

पोर्चुगल पठाईदिन्छु भनी २१ लाख ठगी गर्ने दुई जना पक्राउ

१५ वैशाख, काठमाडाैं ।  पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोरखा घ्यालचोक गा.पा. व डा नं. ८ स्थाई घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. १४ ठैब बस्ने वर्ष ५१ को दुर्गा बहादुर रेग्मी र ४५ वर्षीया कमला रेग्मी रहेका छन् ।

उनीहरूले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाईदिन्छु, पोर्चुगल जानको लागि प्रतिव्यक्ति रु. १३ लाख लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २१ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाइ बिहीबार ललितपुर गोदावरी न.पा. वडा नं. १४ ठैबबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

प्रकाशित मिति : April 28, 2023 at 10:08 am