५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१४ वैशाख, काठमाडाैं । साताकाे पाँचाै काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनकाे मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा काराेबार भएको छ।

बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:३७