अजरबैजान पुर्याइ आठ लाख ५० हजार ठगी गर्ने सुनार पक्राउ
१४ वैशाख, काठमाडाैं । नेपाल प्रहरीले अजरबैजान पुर्याइ रु आठ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी रु आठ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक सातसय डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए । पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए । पक्राउ सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति : April 27, 2023 at 11:39 am









