१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अर्काको नाममा ट्रायल दिने धादिङका राजेश पक्राउ

१४ वैशाख, काठमाडाैं । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उनले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताउनुभयो ।

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:२०